शैक्षिक सत्र सुरुवातसँगै ५९ जिल्लामा पाठ्यपुस्तक, १८ जिल्लामा वैशाख १० भित्र पुस्तक प¥याउने लक्ष्य

काठमाडाैं | बैशाख ५, २०८०

शैक्षिक सत्र सुरुवातसँगै ५९ जिल्लामा पाठ्यपुस्तक, १८ जिल्लामा वैशाख १० भित्र पुस्तक प¥याउने लक्ष्य तस्बिर फाइल

काठमाडौं:   नयाँ शैक्षिक सत्र शुरुवात हुँदै गर्दा देशका ५९ जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । बाँकी रहेका १८ जिल्लामा पनि वैशाख १० गतेभित्र पुस्तक पुर्‍याइने लक्ष्य रहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।


विगत वर्षमा शैक्षिक सत्र शुरु भएको महिनौ दिनसम्म पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या रहेकोमा यो सत्रमा समयमै पाठ्यपुस्तक पुग्ने भएको छ ।


विद्यार्थीहरुका लागि पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस ५ गतेदेखि २४ सै घन्टा पुस्तक छाप्ने काम गरेका कारण शैक्षिक सत्र शुरु हुनुभन्दा अगाडि नै पर्याप्त मात्रामा पुस्तकहरु उत्पादन भएका हुन् ।


जनक शिक्षाले मात्रै यस वर्षका लागि १ करोड ५० लाख भन्दा धेरै वटा पुस्तक छापेको छ । सामुदायिक विद्यालयका लागि ६ देखि १० कक्षासम्मका पुस्तक जनक शिक्षाले छापेको छ ।


सबै निजी तथा संस्थागत विद्यालयमा पढाइ हुने अंग्रेजी, नेपाली र सामाजिक शिक्षा विषयका पुस्तक पनि जनक शिक्षाले नै छापेको छ । छापिएका पुस्तकहरु वितरण गर्दा दुर्गम हिमाली जिल्ला र पहाडी जिल्लालाई पहिलो प्राथमिकता दिइएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिल कुमार झाले बताउनुभयो ।


अहिलेसम्ममा कर्णाली अंचलका सबै र केही पहाडी र तराइका जिल्लाहरु समेत गरेर ५९ जिल्लामा आवश्यक जति सबै पाठ्यपुस्तक पुर्‍याइएको प्रबन्ध निर्देशक झाले जानकारी दिनुभयो ।


सामुदायिक विद्यालयका लागि चाहिने १ देखि ५ कक्षासम्मका करिब १ करोड १३ लाख वटा पुस्तक निजी क्षेत्रका छापाखानाहरुले छापेर सम्बन्धित जिल्लाहरुमा पुर्‍याइसकेको पाठ्यक्रम विकास केन्द्रकामहानिर्देशक बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिनुभयो ।


केन्द्रका अनुसार अब सोलुखुम्बु, धनकुटा, मोरङ, सुनसरी लगाएत १८ वटा जिल्लामा पुस्तक पुर्‍याउन बाँकी रहेको छ । ती जिल्लाहरुका लागि आवश्यक पर्ने सबै पुस्तक छापिइसकेको र वैशाख १० गतेभित्रै पुर्‍याइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।


यसैबीच पाठ्यपुस्तक छपाइ तथा ढुवानीको निरन्तर अनुगमन गरी सहजीकरण गरिरहेको प्रधानमन्त्रीको सचिवालयको टोलीले सोमबार पनि स्थलगत अनुगमन गरेको छ ।


प्रधानमन्त्रीका स्वकीय सहसचिव गोकर्ण भट्ट र आइटी विज्ञ प्रकाश रायमाझीले स्थलगत अनुगमन गरी पाठ्यपुस्तक छपाइ तथा ढुवानीका लागि प्रधानमन्त्री कार्यालयको केही सहयोग चाहिएमा आफूहरुलाई जानकारी गराउन जनक शिक्षाका अधिकारीहरुलाई आग्रह गर्नुभयो ।


विगत वर्षमा शैक्षिक सत्र शुरु भएको महिनौ दिन बितिसक्दा पनि पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकोमा अब त्यस्तो हुन नदिइने प्रधानमन्त्री स्वकीय सहसचिव भट्टले बताउनुभयो ।

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्